अनुराग कश्यपको फिल्म ‘दोबारा’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ साउन १२ मा प्रकाशित

काठमाडौँ । अनुराग कश्यपको निर्देशनमा बनेको फिल्म ‘दोबारा’को ट्रेलर सार्वजनिक भएको छ। तापसी पन्नु स्टारर रहेको फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो।

थ्रिलर विधामा आधारित रहेको यो फिल्ममा समय यात्राको कन्सेप्टलाई ल्याइएको छ भने एक रहस्यमयी हत्या पछाडिको कारण खोज्न गरिएको अनुसन्धानलाई केन्द्रित गरिएको छ।

फिल्ममा तापसीसँगै पवेल गुलाटी मुख्य भूमिकामा छन्। भारतीय फिल्म निर्देशकहरुमध्येका सिमित उत्कृष्ट निर्देशक रहेका अनुराग कश्यपको यो फिल्मलाई निकै महत्वका साथ हेरिएको छ।

हेर्नुहोस ट्रेलरः

धेरै पढिएका

पछिल्ला अपडेट