तीजमा नाई बाबा नाई भन्दै आए शिब र देविका

रंग नेपाल २०७९ साउन १२ मा प्रकाशित

काठमाडौँ, १२ साउन । यो वर्षको हरितालिका तिज पर्व नजिकिँदै गर्दा विभिन्न तिज भाकाहरु बजारमा आएका छन् । यसै क्रममा अग्रज गीतकार शिब हमाल र लोक गायिका देविका केसीको नयाँ तिज भाका नाई बाबा नाई यतीबेला बजारमा आएको छ ।

यो गीतलाई गायिका देविकाले आफ्नै अफिसियल च्यानल ‘देविका केसी’बाट रिलिज गरेकी छिन् । गीतलाई शिब हमालले लेखेका हुन् । गीतमा संगीत पनि हमालकै रहेको छ । जसमा सुनिल परियारले संगीत संयोजन गरेका छन् ।

आफ्नै साथीको दाई मन परेपछि एक युवतीले ती साथीको दाईलाई राखेको प्रेम प्रस्तावमा यो गीत आधारित रहेको गीतकार हमालले बताए,‘नयाँ पुस्तामा पनि तीज पर्वको महत्व जगाउन र उनीहरुलाई आकर्षित गर्न टिन एजरलाई लक्षित गरेर हामीले यो गीत तयार गरेको हो । गीतले राम्रो प्रतिक्रिया पाएको छ ।’ गीतकार हमालले भने ।

गायिका देविका यतीबेला क्यानडामा छिन् । यो गीत निकै राम्रो बनेको कारण यसपटक आफ्नै च्यानलबाट नाई बाबा नाईको भिडियोलाई रिलिज गरेको देविकाले बताईन् ।

बिगत डेढ दशकदेखि तीज गीत निकाल्दै आएकी उनले बिगत झै यसपटक पनि तीजलाई लक्षित गरेर यो गीत ल्याएको बताईन् ।

गीतकार शिब हमालसँग अघिल्लो गीत धनगढी हिट भएपछि यसपटक फेरी यो मिठो गीत ल्याउने अबसर जुरेको पनि गायिका देविकाले बताईन् ।

धेरै पढिएका

पछिल्ला अपडेट