चितवनमा ‘लाखे’ को प्रिमियर शो

रंग नेपाल २०७९ साउन १२ मा प्रकाशित

चितवन । देशव्यापी प्रदर्शनमा आउनुअघि नै नयाँ नेपाली फिल्म लाखेको चितवनमा विशेष प्रदर्शन गरिने भएको छ । भदौ ३१ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म त्योभन्दा दुई दिनअघि अर्थात भदौ २९ गते बुधवार चितवनमा विशेष प्रदर्शनी गरिने छ ।

चर्चित लक्की मिडिया हाउस चितवनले विभिन्न कलाकारहरुको उपस्थितिमा यो फिल्मको प्रिमियर शो आयोजना गर्ने जनाएको छ ।

सम्राट बस्नेत निर्देशित ‘लाखे’ सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट