साउन २० गतेदेखि पुनः प्रदर्शन हुँदै ‘चपली हाइट ३’

रंग नेपाल २०७९ साउन १३ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘चपली हाइट ३’ पुनस् प्रदर्शन हुने भएको छ। यो फिल्म साउन २० गतेदेखि फेरि रिलिज हुन लागेको हो।

कोरोनाको ओम्रोक्रन भेरियन्टका त्रासबिच यो फिल्म गत पुस ३० गते रिलिज भएको थियो। तर, रिलिज भएको तेस्रो दिनमै सरकारले हल बन्द गर्ने निर्णय गरेसँगै प्रदर्शन रोकिएको थियो। फागुन १ गतेदेखि पुनः नेपाली सिनेमाहलका ढोका खुलेसँगै ‘चपली हाइट ३’ले फेरि मौका पाएपनि दर्शक भने तान्न सकेन।

प्रदर्शन भइरहेका बेला कोरोनाका कारण रोकिएकाले फेरि रिलिज गर्न लागेको निर्माता अर्जुन कुमारले जानकारी दिए। हलहरूले आफ्नो फिल्मलाई शो उपलब्ध गराउने उनले आशा व्यक्त गरे।

धेरै पढिएका

पछिल्ला अपडेट