बिग बोसका लागि सलमानले मागे १ हजार करोड

रंग नेपाल २०७९ साउन १४ मा प्रकाशित

सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । उनले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए ।

‘बिग बोस १५’ होस्ट गर्नको लागि ​सलमानले ​३५० करोड भारु लिएका थिए । नयाँ सिजनका लागि सलमानले निर्मातासँग १०५० करोड रुपैयाँ मागेको भारतीय मिडियाको भनाइ छ ।

तर निर्माताहरुले त्यत्रो रकम दिन नसक्ने जवाफ सलमानलाई दिएका थिए । अहिले आएर ओभरसीज सेन्सर बोर्डका सदस्य उमेर सन्धुले आफ्नो ट्वीटमा सलमानले बिग बोस १६ को लागि ८०० करोड भारु पारिश्रमिक लिने सम्झौता भएको दाबी गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट