‘प्रेम गीत ३’ भारतमा पनि नेपाली नामबाटै रिलिज हुने

रंग नेपाल २०७९ साउन १६ मा प्रकाशित

काठमाडौँ । ‘विश्वजितम’ नामबाट भारतमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘प्रेम गीत ३’ नेपाली नामबाटै प्रदर्शन हुने भएको छ।

फिल्मका निर्देशक सन्तोष सेनका अनुसार फिल्मको नाम भारतमा पनि ‘प्रेम गीत ३’ नै रहने भएको छ। ‘पहिलो भारतीय–नेपाली फिल्म यहि नामबाट भारतमा पनि प्रदर्शन हुने भएको छ,’ उनले भने।

हिन्दी र नेपाली भाषामा असोज ७ गते प्रदर्शनमा आउन लागेको ‘प्रेम गीत ३’लाई सन्तोषसँगै छेतेन गुरुङले निर्देशन गरेका हुन्। फिल्मको निर्माण पक्षकाअनुसार ट्रेलर १ सेप्टेम्बरमा रिलिज गरिनेछ।

धेरै पढिएका

पछिल्ला अपडेट