‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुनुको यस्तो छ कारण

रंग नेपाल २०७९ साउन १९ मा प्रकाशित

काठमाडौँ । चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।

पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो ।

कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक रिलिज गरेका हौँ,’ निर्माता अर्जुन कुमारले भने ।

उनले दर्शककै मागका कारण रिलिज हुन् लागेकोसमेत बताए । निर्देशक निकेश खड्काले अब फिल्म रिलिज नहुने बताए । ‘तेस्रोपटक रिलिज भयो, अब हुँदैन । अघिल्लो दुई रिलिजमा दर्शकले फिल्म हेर्ने वातवरण थिएन । राम्रो प्रतिक्रिया बटुले पनि कोभिडका कारण दर्शक हलसम्म आएनन्,’ उनले भने ।

धेरै पढिएका

पछिल्ला अपडेट