फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनको मस्ती, रक्सीले झ्याप भएर नाचगान, हेर्नुस् भिडियो

रंग नेपाल २०७९ भदौ ३ मा प्रकाशित

काठमाडौं । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी सेवन गरी मोतेर डान्स गरेको भिडियो भाइरल भएपछि उनी विवादमा तानिएकी छन् ।

लिक भएको भिडियोमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ ।

बीबीसीका अनुसार विपक्षी नेताहरूले मरिनले लागुपदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

उनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताएकी छन् । ‘मैले रक्सी पिएकी हुँ, नाचगान पनि गरेकी हुँ। यी सबै कुरा कानुनी हुन्,’ उनले भनेकी छन् । लागुपदार्थ सेवनको परीक्षण गर्न पनि आफू तयार रहेको बताएकी छन् ।

‘म जस्ती थिएँ, त्यस्तै भएर बाँच्छु,’ उनले भनेकी छन् ।

उनले भिडियो लिक भए पनि आफूले जीवनशैली परिवर्तन नगर्ने बताइन् ।

३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन् । त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन् ।

भिडियो:

धेरै पढिएका

पछिल्ला अपडेट