चलचित्र ‘अन्तिम संस्कार’ को छायाङ्कन सुरु

रंग नेपाल २०७९ असोज २ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को छायाङ्कन सुरु भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहूर्त गरेर छायाङ्कन सुरु गरिएको हो ।

सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको फिल्मको छायाङ्कन गर्न ‘अन्तिम संस्कार’ को युनिट मुक्तिनाथ पुगेको हो ।

चलचित्र युनिटले मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा करिब ४० प्रतिशत छायाङ्कन सकेर बाँकी छायाङ्कन काठमाडौंमा गर्ने जनाएको छ ।

विनोद सुवेदीको निर्माणमा बन्ने फिल्मको निर्देशन प्रदीप शाहीले गर्ने छन् । झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ । चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गर्दैछन् ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भई सकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट