रानीको ‘म गुनासो के को गरुँ’ म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ असोज २ मा प्रकाशित

काठमाडौं । गायिका रानी शाक्यको नयाँ गीत ‘म गुनासो के को गरुँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमबीच बरिष्ठ सञ्चारकर्मी रमा सिंह, गीतको म्युजिक भिडियोमा फिचर्ड कलाकार धिरेन शाक्य र उषा खड्गीको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको सगीत रहेको गीतमा गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् । निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा नेपाली चलचित्र क्षेत्रका नायक धिरेन शाक्य, पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट