‘प्रेम गीत ३’ हिन्दी भर्सनलाई हिन्दी चलचित्रकै व्यवहार गर्न निर्माता संघको माग

रंग नेपाल २०७९ असोज ३ मा प्रकाशित

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले नेपाली चलचित्र ‘प्रेम गीत ३’ को हिन्दी भाषामा डब गरिएको चलचित्रलाई हिन्दीसरह नै व्यवहार गर्नका लागि माग गरेको छ ।

संघका महासचिव सुनिल कुमार थापाले एक विज्ञप्ति जारी गर्दै विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नभएको बताएका छन् ।

‘देशको नियम र कानुनको अधिनमा रही जो कोहीले पनि जुनसुकै भाषाका सिनेमा प्रदर्शन गर्न सक्दछन् र पाउँदछन् पनि । तर, विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नहुनुका साथै ऐन–कानूनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ भन्ने निर्माता संघको मान्यता हो । थापाले भनेका छन्, यही कुरा संस्थाको प्रतिनिधिको रुपमा अध्यक्ष वा अन्य पदाधिकारीबाट अभिव्यक्त भएको हो ।’

धेरै पढिएका

पछिल्ला अपडेट