पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको उपाधि

रंग नेपाल २०७९ असोज ६ मा प्रकाशित

काठमाडौं । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शिर्षक समेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन् ।

प्रतियोगितामा मिस्टर तर्फ सुजल संग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिस तर्फ दीक्षा उपाध्याय फष्ट रनर अप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पारिन् । १६ देखी २१ वर्षसम्मका एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले आयोजित प्रतियोगिताको निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा थिए ।

प्रतियोगिताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजबाट अध्यनका लागि शतप्रतिशत छात्रावृति, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन् ।

त्यस्तै फस्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट पचास प्रतिसत छात्रबृती तथा सहभागीले पहिलो वर्ष अध्यायनका लागि पचिस प्रतिशत छात्रावृति प्राप्त गर्नेछन् । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ युवायुवतीको विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा सहित आफुले प्रतियोगिता आयोजना गरिएको फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाईरेक्टर साहील खानले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट