विवाह बन्धनमा बाँधिए हाँस्यकलाकार ‘हैट’

रंग नेपाल २०७९ असोज ८ मा प्रकाशित

काठमाडौं । चर्चित हाँस्यकलाकार बुद्धि तामाङ ‘हैट’ विवाह बन्धनमा बाँधिएका छन् ।

शुक्रबार बुद्धिले मकवानपुरकी अनु थिङसँग तामाङ परम्परा अनुसार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

टेलिफल्म, चलचित्र क्षेत्रमा ‘हैट’ थेगोले चर्चित भएका बुद्धि पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर चलचित्रमा व्यस्त छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट