चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ असोज १५ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई र विपिन कार्की अभिनित चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा काठमाडौंमा घर हुने र नहुने को परिस्थितिलाई चित्रण गर्न खोजिएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

चलचित्रमा दयाहाङ, विपिनसँगै सुरक्षा पन्त, वर्षा राउत, रबीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट