बलात्कार आरोपित सन्दीप लामिछाने पक्राउ

रंग नेपाल २०७९ असोज २० मा प्रकाशित

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

कतार एअरवेजको विमानबाट बिहीबार बिहान ११ बजे काठमाडौं आएका लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रकाउ गरेको हो ।

बलात्कारको आरोप लागेसँगै लामो समयदेखि सम्पर्कविहीन भएका लामिछाने काठमाडौं फकिएसंगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।

लामिछानेलाई अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा लगिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट