जसले अभिनयका लागि पतिको साथ छोडे

रंग नेपाल २०७९ असोज ३१ मा प्रकाशित

मुम्बई । बलिउडमा करियर बनाउन निकै गाह«ो कुरा हो । तर, यस्ता केही अभिनेत्री छन्, जसले करियर बनाउनकै लागि कठिन निर्णय लिए । यहाँ केही अभिनेत्रीको चर्चा गरिएको छ, जसले अभिनयमा करियर बनाउनकै लागि पतिको साथ छोडे ।

डिम्पल कपाडिया

बलिउड अभिनेत्री डिम्पल कपाडिया फिल्म ‘बबी’ मार्फत रातारात स्टार बनिन् । तर, उनले सन् १९७३ मा १६ वर्षको उमेरमा अभिनेता राजेश खन्नासँग विवाह गरिन् । विवाह पछि राजेशले डिम्पललाई फिल्ममा काम गर्न आपत्ति जनाए । जसकारण उनले केही समय अभिनयलाई दूरी बनाइन् । यसको १० वर्षपछि उनले फिल्ममा फर्कने सोच बनाइन् । त्यसका लागि उनले राजेश खन्नाको घर नै छोडिन् ।

चित्रांगदा सिंह

चित्रांगदाले हालसम्म कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् २००१ मा ज्योति रंधावासँग विवाह गरेकी थिइन् । विवाहपछि उनी मुम्बईमा बस्थिन् र उनका पति नयाँ दिल्लीमा बस्थे । यो विषयलाई लिएर दुवै बीच मतभेद सुरु भयो । अन्ततः अभिनेत्रीले सन् २०१४ मा सम्बन्धविच्छेद गरेर अभिनयलाई करियर बनाइन् ।

मल्लिका शेरावत

अभिनेत्री मल्लिका शेरावतलाई कुनै पनि पहिचानको आवश्यकता छैन । उनले कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । मल्लिकाले फिल्म ‘मर्डर’बाट पहिचान बनाइन् । यो फिल्ममा उनले कैयौं बोल्ड दृश्य दिएकी थिइन् । फिल्ममा आउनुअघि उनले करण गिलसँग विवाह गरेकी थिइन् । अभिनयमा करियर बनाउनका लागि विवाहको एक वर्षपछि सम्बन्धविच्छेद गरेर मुम्बई आइन् । त्यसपछि उनी बलिउडसहित हलिउड फिल्ममा देखिइन् । एजेन्सी

धेरै पढिएका

पछिल्ला अपडेट