भारतीय अभिनेत्री वैशाली ठक्करले गरिन् आत्महत्या

रंग नेपाल २०७९ कार्तिक १ मा प्रकाशित

एजेन्सी । चर्चित टेलिभिजन शो ‘ससुराल सिमर का’ मा अञ्जली भारद्वाजको भूमिका निर्वाह गरेकी अभिनेत्री वैशाली ठक्करले आत्महत्या गरेकी छन् ।

३० वर्षीया वैशालीको शव इन्दौरको साईबाग कालोनीमा रहेको उनको घरमा भेटिएको थियो । स्टार प्लसको चर्चित टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा संजनाको भूमिकाबाट समेत वैशालीले निकै चर्चा पाएकी थिइन् । प्रहरीका अनुसार वैशालीले झुण्डिएर आत्महत्या गरेकी हुन् । इन्दौरका एसीपी एम रहमानका अनुसार वैशाली ठक्करलाई छिमेकमा बस्ने राहुल नामका युवकले दुर्व्यवहार गरेकाे जनाइएकाे छ । जसका कारण वैशालीले आत्महत्या गरेकी हुन् ।

वैशालीको आत्महत्यापछि राहुल फरार रहेकाले प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । इन्दौर प्रहरीले पोष्टमार्टमपछि वैशालीको शव परिवारलाई बुझाएको छ । स्थानीयका अनुसार वैशालीले शनिबार राति नै आत्महत्या गरेकी हुन् । तर परिवारले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट ८ पृष्ठको सुसाइड नोट समेत बरामद गरेको छ ।

प्रहरीले घटना भएको ७ घण्टापछि जानकारी पाएकाले अब सुसाइड नोटको अनुसन्धान हस्तलेखन विज्ञबाट गरिने भएको छ ।वैशालीले गत वर्ष अप्रिल २६ मा केन्याका डेन्टल सर्जन डा. अभिनन्दनसँग इन्गेजमेन्ट गरेकी थिइन् । नजिकका मानिसहरुको उपस्थितिमा भएको यो समारोहको जानकारी भने अभिनेत्री वैशालीले भिडियो शेयर गरेर दिएकी थिइन् । दुवै जनाले सन् २०२१ को जुनमा विवाह गर्ने भएका थिए । तर अभिनेत्री वैशालीले कोरोनाको कारण एक महिनापछि विवाहको योजना समेत स्थगित गरेकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट