‘टाइगर ३’ २०२३ को दिपावलीमा रिलिज हुने

रंग नेपाल २०७९ कार्तिक १ मा प्रकाशित

एजेन्सी । भारतीय अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् । यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब २०२३ को दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् ।

सलमानको लुक सेयर गर्दै निर्माताले लेखेका छन्, ‘टाइगर २०२३ मा दीपावलीको अवसरमा ठूलो पर्दामा रिलिज हुनेछ । यो हिन्दीका साथै तमिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ ।’ यो फिल्म टाइगर फ्रेन्चाइजको तेस्रो भाग हो । यस फिल्ममा ‘र एजेन्ट टाइगर’ (सलमान ) र ‘आईएसआई एजेन्ट जोया’ (कट्रिना ) को कथा देखाइनेछ । टाइगर ३ मा सलमान खान र कट्रिना कैफसँगै इमरान हाश्मी पनि मुख्य भूमिकामा छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको पोस्ट प्रोडक्सनको काममा ढिलाइ भएपछि निर्माताले फिल्मको रिलिज मिति परिवर्तन गर्नुपरेको हो । सलमान खानको आगामी फिल्मको बारेमा कुरा गर्दा उनले टाइगर ३ भन्दा पहिले फिल्म ‘किसी का भाइ किसकी जान’ रिलिज हुनेछ ।

May be an image of 1 person, sunglasses and text that says 'SKF SALMANKHANFILM ILMS SALMAN KHAN FILMS PRESENTS KISI KA BHAI DIREOTED BY FARHAD SAMJI KISI KI JAAN PRODUCED BY SALMA KHAN EID 2023'

फिल्म ३० डिसेम्बर क्रिसमसको अवसरमा रिलिज हुँदैछ । यो फिल्मलाई साजिद नाडियाडवालाले निर्देशन गरेका हुन् । यसमा सलमान खानका अलावा पूजा हेगडे, शहनाज गिल, राघव जुयाल र जस्सी गिल पनि मुख्य भूमिकामा देखिनेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट