गायिका बुनु उप्रेतीमाथि महिला समूहद्वारा निर्घात कुटपिट

रंग नेपाल २०७९ कार्तिक १ मा प्रकाशित

काठमाडौं । गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाहरुको समूहले मिलेर निर्घात कुटपिट गरेका छन् ।

ललितपुरको लुभुमा घरमै गएर महिलाहरुले उप्रेतीमाथि लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, टिकटक) मा भाइरल छ ।

भिडियोमा उप्रेतीबाहेक एक किशोरीमाथि पनि लछारपछार गर्दै कुटपिट भइरहेको देखिएको छ ।

समूहको आक्रमणमा पिटाई खाने ती किशोरी उप्रेतीकी छोरी रहेको बताइएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार छिमेकी महिलाहरु आएर आफूमाथि कुटपिट भएपछि उप्रेतीले प्रहरीलाई जानकारी गराएकी छन् ।

ललितपुर प्रहरीले छलफलको लागि दुवै पक्षलाई बालोएको प्रहरीले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट