नेपालमा छायाङ्कन भएकाे चलचित्र ‘उचाइँ’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ कार्तिक १ मा प्रकाशित

एजेन्सी । नेपालमा छायाङ्कन गरिएको भारतीय चलचित्र ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सूरज बडजात्याद्वारा निर्देशित यस चलचित्रमा मित्रताको कथा प्रस्तुत गरिएको छ ।

मंगलबार सार्वजनिक भएको २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलरमा सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीलाई देखाइएको छ । चलचित्रमा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको मित्रतालाई चलचित्रको मुख्य कथाको रुपमा पेस गरिएको छ।

साथिको अधुरो सपना साकार गर्न निस्केका अमिताभ, अनुपम र बोमन माथि यात्राको क्रममा आउने आरोह(अवरोहलाई ट्रेलरमा देखाइएको छ । अगामी ११ नोभेम्बर २०२२ बाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको १ महिना भन्दा बढि नेपालमा छायांकन गरिएको थियो ।

चलचित्रमा अमिताभ, डेनी, अनुपम, बोमनसँगै परिणिती चोपडा पनि मुख्ग भूमिकामा रहेकी छन् । चलचित्रमा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । साथै चलचित्रमा नेपाली कलाकार परमिता राज्यलक्ष्मी राणा, सरोज लामिछाने, डम्बर बोहरालगाएतको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट