उदय अधिकारी र महेश पौड्यालबीचको संवाद सार्वजनिक

रंग नेपाल २०७९ कार्तिक २ मा प्रकाशित

काठमाडौं । समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ ।

ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्य महोत्सव’ को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसीदिवस, माया ठकुरी र कनकमणि दिक्षीतले अङ्ग्रेजी भाषाको उक्त अन्तरर्वार्तालाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

आइतबार सार्वजनिक भएको उक्त पुस्तकमा साहित्यसम्बन्धी २२ वटा फरक–फरक विषयमा समालोचक अधिकारी र श्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ ।

संवादले एउटा लेखकको निर्मिति, सृजनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमानअवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभावपारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ । बीएन पुस्तक संसारले बजारमा ल्याएको उक्त पुस्तकको मूल्य रू. २५० रहेको छ भने समालोचक अधिकारीको यो दोस्रो संवाद–पु्स्तक हो ।

धेरै पढिएका

पछिल्ला अपडेट