शाहरुख खानको ‘जवान’ रिलिजअघि नै नाफामा

रंग नेपाल २०७९ कार्तिक २ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान अभिनित पछिल्लो फिल्म ‘जवान’ रिलिजअघि नै नाफामा गएको छ ।

३ सय करोडको लागतमा निर्माण भएको फिल्मले रिलिजअघि नै ५० करोड नाफा कमाइसकेको छ ।

‘जवान’ स्याटेलाइट अधिकार २ सय ५० करोड भारतीय रुपैयाँमा बेचेको छ भने चलचित्रको ओटीटी अधिकार अमेजन प्राइमले १ सय करोड भारतीय रुपैयाँमा खरिद गरेको छ ।  भारतीय सञ्चार माध्यमका अनुसार जवानले रिलिजअघि नै ५० करोड नाफा कमाएको हो ।

शाहरुख  र दक्षिण भारतीय अभिनेत्री नयनताराको मुख्य भूमिका रहेको जवानलाई एटली कुमारले निर्देशन गरेका हुन् । जवान २०२३ को जुन २ मा रिलिज हुँदैछ ।

कोरोना अघि शाहरुखको अन्तिम फिल्म ‘जीरो’ रहेको थियो । लामो समयको ब्रेकपछि अब सन् २०२३ मा खानको तीन ठूला चलचित्र ‘पठान’, ‘जवान’र ‘डङ्की’ रिलिज हुँदैछन् ।

 

धेरै पढिएका

पछिल्ला अपडेट