यस्तो छ ‘लाखे’ को आइटम गीत

रंग नेपाल २०७९ कार्तिक ४ मा प्रकाशित

काठमाडौं । ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित चलचित्र ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माताले गीत सार्वजनिक गरेका हुन् ।

‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् ।

सौरभ लामाको छायाङ्कन र सन्देश शाहले भिडियो सम्पादन गरेका छन् । सम्राट बस्नेत निर्देशित मल्टिस्टारर चलचित्रमा वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायतको अभिनय छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट