बिक्रम र रिताको आवाजमा ‘सल्लेरी पाखै’ मा

रंग नेपाल २०७९ कार्तिक ९ मा प्रकाशित

काठमाडौं । बिक्रम थापा र रिता श्रेष्ठको आवाजमा पूर्वेली गीत ‘सल्लेरी पाखैमा’को म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

कृश श्रेष्ठको प्रस्तुति रहेको गीतमा बिक्रम थापाकै संगीत रहेको छ भने भिषण मानन्धरको संगीत सयोजन, मिक्सिङ तथा मास्टरिङ रहेकोछ । गीतलाई सन्तोष कटवालले लेखेका हुन् भने हार्मोनिक स्टुडियोमा रेकर्ड गरिएको थियो ।

उक्त गीतको भिडियोमा पुष्प खड्का र नग्मा श्रेष्ठले फिचरिङ गरेका छन् । उत्तम हुमागाईको सिनेमाटोग्राफी, दिल्सन शाहको कलर सम्पादन, प्रशान्त तामाङको कोरियोग्राफी र शृङ्गार सर्मिला सुनुवारको रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट