गायिका पलक मिथुनसँग विवाह गर्दै

रंग नेपाल २०७९ कार्तिक ११ मा प्रकाशित

एजेन्सी । चर्चित भारतीय गायिका पलक मुछाल चाँडै संगीतकार मिथुन शर्मासँग लगनगाँठाे कस्दैछन् ।

भारतीय सञ्चार माध्यामका अनुसार पलकको विवाह ४ नोभेम्बरबाट सुरु भएर ६ नोबेम्बरमा सकिने छ । यी तीन दिनमा हल्दी, मेहंदी र संगीत समारोहहरू हुनेछन्, जसमा मिथुन र पलकका नजिकका साथीहरू बाहेक धेरै बी टाउन सेलिब्रेटीहरू सहभागी हुनेछन्।

मिथुन र पलकले यसअघि सँगै काम गरिसकेका छन् तर, उनीहरू प्रेममा भने थिएनन् । भारतीय सञ्चार माध्यामका अनसुार यो जोडीले मागी विवाह गर्न लागेको बताइएको छ । जसलाई दुवैका परिवारका साथीहरूले सुझाव दिएका छन् । वास्तवमा पलकका आमाबुवा चाहन्थे कि उनको विवाह होस् । जब उनले मिथुन र उनको परिवारलाई भेटे, दुवैलाई यो सम्बन्ध साँच्चै मन पर्यो। यससँगै दुवैको विवाह तय भयो ।

पलक र मिथुन दुवैको परिवार यो सम्बन्धबाट निकै खुसी छन् । दुवै जना बिहेको तयारीमा जुटेका छन् । यो जोडीको विवाह निकै भव्य हुने विश्वास गरिएको छ । विवाहमा बलिउड लगायत संगीत क्षेत्रका सेलिब्रेटीहरु सहभागी हुनेछन् । मिडिया रिपोर्टका अनुसार पलक र मिथुनको विवाह मुम्बईमा हुने भएको छ । दुवैको रिसेप्शन पनि मुम्बईमै राखिनेछ । जसमा बलिउड स्टारहरुको मेला लाग्ने छ ।  उनीहरू नोबेम्बर ६ मा विवाह गर्दैछन् । नोभेम्बरमा विवाहको सिजन सुरु भएसँगै यो सिजनको पहिलो विवाह हो ।

धेरै पढिएका

पछिल्ला अपडेट