पुष्पाको सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु

रंग नेपाल २०७९ कार्तिक १४ मा प्रकाशित

साउथ सुपरस्टार अभिनेता अल्लु अर्जुनको चर्चित चलचित्र ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु भएको छ ।

आइतबार निर्देशक सुकुमारले चलचित्र ‘पुष्पा द रुल’ का लागि अभिनेता अल्लुको लुक खिच्दै चलचित्रको छायांकन सुरु गरेको जनाइएको छ ।

चलचित्रको छायांकार कुबा ब्रोजेकले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै छायांकन सुरु भएको जनाएका छन् ।

‘पुष्पा द राइज’ को छायांकन पनि ब्रोजेकले नै गरेका थिए ।

बक्स अफिसमा ब्लकबस्टर घोषित भएको पुष्पाको फ्यानहरू चलचित्रको सिक्वेलको प्रतिक्षामा छन् ।

 

धेरै पढिएका

पछिल्ला अपडेट