सलमानलाई ‘वाई प्लस’श्रेणीको सुरक्षा दिइने

रंग नेपाल २०७९ कार्तिक १६ मा प्रकाशित

एजेन्सी । भारतको महाराष्ट्र सरकारले अभिनेता सलमान खानलाई ‘वाई प्लस’श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ ।

सलमान आफ्नो व्यवसायिक र व्यक्तिगत जीवन लाई लिएर पनि चर्चामा छन् । केही महिनाअघि सलमानलाई लरेन्स विष्णोई गिरोहले ज्यान मार्ने धम्की दिएको थियो । त्यसपछि भारतको महाराष्ट्र सरकारले उनलाई सुरक्षा दिएको थियो । अब महाराष्ट्र सरकारले सलमानको सुरक्षा बढाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यससँगै अब सलमानको सुरक्षाका लागि हतियारसहित चार सुरक्षा गार्ड सधैँ साथमा रहनेछन् । योसँगै अक्षय कुमार र अनुपम खेरलाई एक्स श्रेणीको सुरक्षा दिइएको छ । अक्षय र अनुपमका लागि तीनजना सुरक्षा गार्ड सधैँ उनीहरूको सुरक्षामा तैनाथ हुनेछन्। आफ्नो सुरक्षामा लाग्ने खर्च खर्च उनीहरू आफैंले व्यहोर्ने बताइएको छ ।

गत ५ जुनमा सलमान र उनका बुबा सलीम खानलाई धम्कीको पत्र आएको थियो । धम्कीपूर्ण पत्रमा उनलाई सिद्धु मूसेवाला जस्तै बनाइने लेखिएको थियो । यो धम्कीपूर्ण पत्र पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको केही दिनपछि आएको थियो । धम्की आएपछि सलमानले बन्दुकको लाइसेन्सका लागि आवेदन दिएको समाचार पनि बाहिरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट