तृप्ती र राजानन्दको ‘ए बा भन्देउन’ सार्वजनिक

रंग नेपाल २०७९ मंसिर ३ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय गायनबाट चर्चामा रहेकी गायिका तृप्ती खड्का र गायक राजानन्द मान्डब्यले नयाँ गीत ‘ए बा भन्देउन…’को भिडियो बजारमा ल्याएका छन् । यो गीतलाई राजानन्द मान्डब्यले लेखेका हुन् । गीतको संगीत पनि राजानन्दले नै गरेका हुन् ।

हिजोका दिनमा नेताहरुले विभिन्न आश्वासन दिएको र त्यो आश्वासनलाई पुरा नगरेको भन्दै यो गीत मार्फत गायक गायिकाले उनीहरुलाई खबरदारी गरेका छन् । नजिकिँदै गरेको संसदीय निर्वाचनलाई लक्षित गरेर यो गीतको भिडियो चुनावको पूर्व सन्ध्यामा रिलिज गरिएको हो । यो गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । यो गीतको भिडियो समसामयिक दृष्यलाई समेटेर तयार गरिएको छ । गीतको भिडियोमा गायक गायिका नै प्रत्यक्ष रुपमा प्रस्तुत भएका छन् ।

दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेको यो गीतको भिडियोलाई दिपेन्द्र आफैंले खिचेका हुन् । छायाँकनमा उनलाई नरेश चैंसिरले सघाएका छन् । गीतको भिडिओलाई नरदम च्यानलबाट रिलिज गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट