हिमाल सागरले ल्याए ‘ए होर माया…’

रंग नेपाल २०७९ मंसिर ११ मा प्रकाशित

काठमाडौं । गायक हिमाल सागरले आफ्नो नयाँ गीत ‘ए होर माया…’ दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् । गीतको भिडिओलाई भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गीतको भिडियो उनले बिहीबार रिलिज गरेका हुन् । रिलिज भएको दोश्रो दिनमै दिनले तीन लाख भ्युज पाएको छ । यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय ‘लजालु मायालु…’ गीतबाट निकै भाइरल भएकी अनु चौधरीले गीतमा हिमाल सागरलाई स्वरमा साथ दिएकी छिन् ।

गीतलाई मोडल विमल अधिकारीले लेखेका हुन् भने संगीत पनि विमलले नै सृजना गरेका हुन् । जसमा संगीत संयोजन कमल सौरागको छ । यो गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईले अभिनय गरेका छन् । गीतको भिडिओलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । जसमा विकाश ज्ञवालीको सम्पादन छ । भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट