परिजिता ‘द भ्वाइस’ को अन्तिम ८ मा प्रवेश, विश्व चर्चित सेलिब्रटीहरुले मागे भोट

रंग नेपाल २०७९ मंसिर १४ मा प्रकाशित

काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी रियालिटी शो ‘द भ्वाइस’ को अीन्तम ८ मा प्रवेश गरेकी छिन् ।

दुई जना प्रतिस्पर्धी शो बाट बाहिरिएका छन् भने १७ वर्षीया बास्तोला अन्तिम ८ मा प्रवेश गर्न सफल भएकी हुन् । उनले क्यानडेली गायिका एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।

आफ्नो गीत परिजिताले गाएपछि काराले इन्स्टाग्राममार्फत बधाई तथा शुभकामना दिएकी छिन् । परिजितालाई नेपाली समूदाय साथै विश्व चर्चित सेलिब्रेटीहरुले पनि साथ दिइरहेका छन् ।

प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले परिजितालाई जिताउन आग्रह गरिरहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट