सरगम र अनुको ‘भाकी सके’ सार्वजनिक

रंग नेपाल २०७९ मंसिर १८ मा प्रकाशित

काठमाडौं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकी सके’ सार्वजनिक भएको छ ।

गीतमा सरगम राईको शब्द तथा संगीत र बादल लिम्बूको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन गरेको जनाइएको छ ।

केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट