‘किसी का भाइ किसीकी जान’ को छायांकन सकियो

रंग नेपाल २०७९ मंसिर १८ मा प्रकाशित

भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘किसी का भाइ किसीकी जान’ को छायांकन पूरा भएको छ ।

सलमानले सामाजिक सञ्जालमार्फत छायांकन पूरा भएको र २०२३ को ईदमा रिलिज हुने जनाएका छन् ।

फिल्ममा सलमानसँगै पूजा हेगडे, शहनाज गिल, सिद्धार्थ निगम, जस्सी गिल, राघव जुयाल र साउथ स्टार दग्गुबती वेंकटेश लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘किसी का भाइ किसीकी जान’ पछि सलमान ‘टाइगर ३’ मा देखिने छन् । एजेन्सी

 

धेरै पढिएका

पछिल्ला अपडेट