भीमफेदीको खोप्लाङमा मंसिर २९ गतेबाट पुस १० गतेसम्म महोत्सव हुने

रंग नेपाल २०७९ मंसिर २० मा प्रकाशित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा पहिलो पटक भीमफेदी–हेटौंडा–सामरी महोत्सव हुने भएको छ ।

ओम शक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिले यहि मंसिर २९ गतेबाट पुस १० गतेसम्म भीमफेदी–१ को खोप्लाङमा महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

आज हेटौंडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रालिका अध्यक्ष अजित राईले हेटौंडा बजार क्षेत्रमा हुने मेला महोत्सवलाई गाउँपालिकामा पनि लैजाने योजना अनुसार आफुहरुले महोत्सवको तयारी गरेको बताए ।

भीमफेदी–हेटौंडाको पर्यटन प्रर्वद्धन, कला साहित्यको प्रचार सहि तव्यापार-व्यवसायलाई बढवा दिनको लागि महोत्सवको आयोजना गर्न लागिएको राईले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै भीमफेदी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष सोमबहादुर स्याङतानले महोत्सवले भीमफेदीको समग्र क्षेत्रमा सहयोग हुने बताए ।

करिब १ सय ५० देखि २ सय वटा स्टल रहने महोत्सवमा राष्ट्रिय कलाकारहरु धिरज राई, बद्री पंगेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहान लगाएतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।

मेलामा सहभागीले १ सय रुपैँयाको टिकट काटनु पर्नेछ । मेलामा बाल उद्यम, विभिन्न खेलकुद, खाना, लुगा कपडा, कृषि प्रर्दशनी लगाएका स्टलहरु रहने आयोजकले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट