मिसेस वर्ल्डमा दिक्षा केसीले नेपालको प्रतिनिधित्व गर्दै

रंग नेपाल २०७९ मंसिर २५ मा प्रकाशित

काठमाडौं  । यस वर्षको मिसेस वर्ल्डमा नेपालको तर्फबाट वाई–वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसीले प्रतिनिधित्व गर्ने भएकी छिन् । डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दै छिन् । प्रतिस्पर्धाका लागि उनी अमेरिका गइसकेकी छिन् ।

सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हो । साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्ने गर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलियालगायत महादेशवाट ६० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धी सहभागी हुने छन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी केसी मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । उनले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्ने बताइएको छ ।

दिक्षा यस अघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई–वाई मिसेस नेपाल वर्ल्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रूपमा चयन भएकी थिइन् । उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वर्ल्डमा सहभागिता जनाउन लागेकी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट