‘सहरमा एउटा हल्ला’ म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ पुष २ मा प्रकाशित

काठमाडौं । गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द डा. राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत अनिश श्रेष्ठको रहेको छ ।

प्रेमिल शैलीको यस गीतलाई गुरुङ कुमारले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायक पुष्प खड्का र समरिका ढकाल बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । हाल अमेरिकामा बस्दै आएका गायक शर्माले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट