राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अधिवेशन फागुनमा

रंग नेपाल २०७९ पुष ६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन फागुनको दोश्रो साता धादिङमा हुने भएको छ ।

मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको सदरमुकाम धादिङबेशीमा महाधिवेशन गर्ने निर्णय गरिएको अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

महाधिवेशन अघि प्रतिष्ठानले संस्थागत प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

नव निर्वाचित जिल्ला, समन्वय, विदेश, प्रदेश शाखाका अध्यक्षहरुलाई वधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रम आगामी माघको ६ र ७ गते चितवनको सौराहामा आयोजना गरिने प्रतिष्ठानले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट