सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक

रंग नेपाल २०७९ पुष ९ मा प्रकाशित

काठमाडौं  । चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।

संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन् । भिडियोमा अभिनय गरेकी मोडल मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन् । उनले डोटेली भाषामा बोलेको टिकटक भिडियोलाई दर्शकले रुचाउँदै आएका छन् । टिकटकमा करीब ९ लाख फ्लोअर्स भएकी मिस पबीले प्रतिनिधिसभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लडेका सागर ढकालको पक्षमा मत मागेकी थिइन् ।

भिडियो सार्वजनिक कार्यक्रममा उनै सागर, जुम्लाबाट हालै प्रतिनिधिसभामा विजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थिती रहेको थियो । गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन् । भिडियो गायक गिरीको अफिसियल च्याननलबाट बजारमा ल्याइएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट