सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ सार्वजनिक (भिडियोसहित)

रंग नेपाल २०७९ पुष ९ मा प्रकाशित

 

काठमाडौ । चर्चित इन्डियन डान्स रियालिटी शो डान्स प्लसका फष्टरनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ सार्वजनिक भएको छ ।

शुक्रबार मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

गायक एंव संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन् भने गीतमा प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।

गीतमा सुजन मार्पा तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको छ । पवन सुस्लिङले भिडियोको छायांकन, सम्पादन र कलर गरेका हुन । गीतमा डान्सर सुजनसंगै गीता ढुंगानाको सुन्दर नृत्य रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट