काठमाडौं । गम्भीर बिरामी परेपछि अस्पताल भर्ना भएका बाल गायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ ।
सचिनलाई अहिले आईसीयूबाट जनरल वार्डमा सारिएको छ । स्वस्थ्यमा गम्भिर समस्या देखिएपछि केही दिनअघि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो ।
भाइरल बाल कलाकारको रुपमा समेत परिचित सचिनले केही लोकदोहोरी गीत समेत गाएका छन् । भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका उनले अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियो खेलेका छन् । पछिल्लो दुई वर्ष सचिन गुमनाम थिए ।