साहित्यकार सुरेन्द्र महर्जन अमरको ३१औँ कृति सार्वजनिक

रंग नेपाल २०७९ पुष १५ मा प्रकाशित

काठमाडौं । वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उनको ३१औँ कृति ‘सपना गीति एल्बम’ सार्वजनिक गरे । एल्बम सार्वजनिक गर्दै गीतकार बरालले विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु हुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को निरन्तर साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने बताए । अमरको गीति एल्बमले सफलता पाउने आशा व्यक्त गर्दै उनले अमर एकदम राम्रो स्रष्टा भएको बताए ।

गीत लेखन क्षेत्रमा उनको योगदान एकदम राम्रो रहेकोे र अरु एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने आशा व्यक्त गरे । सार्वजनिक सपना एल्बममा ‘आकाश छुने सपना’ बोलको गीतमा चर्चित गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर रहेकोमा संगीत/एरेञ्जर पावल चाम्लिङ्ग राईको रहेको छ । दोस्रोमा ‘मायाले हँसाउँछ’ बोलको गीतमा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ । संगीत/एजेन्जर राम कार्कीको रहेको छ ।

तेस्रोमा ‘गल्ती के भयो म बाट’ बोलको गीतमा स्वर/संगीत चिरञ्जीवी भण्डारीको रहेको छ भने एरेन्जर आशिष लामाको रहेको छ । एल्बमको चौथो गीत ‘सोचें बाँच्ने आधार’ मा सरिता प्रजापतिको स्वरमा संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ । सपना गीति एल्बमको पाँचौं एवम् अन्तिम गीत ‘तिम्रै साथ हिँडेको देख्छु’ बोलको गीतमा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट