गायिका सोनीको नयाँ म्युजिक भिडियो ‘तिमी टाढा भए पनि’ सार्वजनिक

रंग नेपाल २०७९ पुष २७ मा प्रकाशित

काठमाडौं । गायिका सोनी राजभण्डारीको नयाँ म्युजिक भिडियो ‘तिमी टाढा भए पनि’ सार्वजनिक भएको छ ।

युट्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा शब्द रचना समीर राईको र विक्रम थापाको संगीत रहेको छ । म्युजिक एरेन्जर विसन मानन्धरले गरेका छन् ।

हार्मोनिक डिजिटल पोस्ट प्रोडक्सन् विजय राज फिल्म्सको ब्यानरमा म्युजिक भिडियो निर्माण भएको छ ।

म्युजिक भिडियोलाई विजय भुर्तेलले निर्देशन र सन्तोष पराजुलीले छायाकंन गरेका छन् ।

प्रेमसँग सम्बन्धित यस कर्णप्रिय गीतमा जयनन्द कुँवर र तारा लामाले जीवन्त अभिनय गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट