काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
सन्दीपलाई विदेश जान रोक लगाइएको छ ।
अदालतको आदेशसँगै सन्दीप थुनामुक्त हुने भएका छन् ।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट सन्दीपलाई पक्राउ गरेको थियो ।