प्रेमीसँग रोमान्टिक अवतारमा देखा परिन् मोडल गरिमा शर्मा

रंग नेपाल २०७९ पुष २८ मा प्रकाशित

काठमाडौं । गायिका रचना रिमाल र गायक भिम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौंको चोभार, कपन, भद्रकालीलगायत स्थानमा छायाङ्कन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधिर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ ।

भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । लोकप्रिय गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडिओमा सुब्रत आचार्य अतिथी कलाकारको रुपमा छन् ।

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडिओको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट