गीतकार संघमा नयाँ कार्यसमिति

रंग नेपाल २०७९ माघ २ मा प्रकाशित

काठमाडौं । नेपालका गीतकारहरुको छाता संस्था गीतकार संघ नेपालको अध्यक्षमा गीतकार वसन्त बित्यासी थापा चयन भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापा आगामी २ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनी यस अघि संघको उपाध्यक्ष थिए । सो अधिवेशनबाट थापाको नेतृत्वमा संघमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचिन भएको छ ।

त्यस्तै संघको उपाध्यक्षमा रमेश कोईराला निर्वाति भएका छन भने महासचिवमा टीका राई (शिव) बिजयी भएका छन् । उपाध्यक्ष र महासचिब बाहेक बाँकी सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् ।

यसैगरी संघको सचिवमा शितल कादम्बिनी, कोषाध्यक्षमा चेतव खतिवडा निर्विरोध चयन भएका छन् । हुन् । संघको केन्द्रिय सदस्यमा राधा पाण्डे गिरी, तिब्बत बहादुर दर्लामी, भगवती रोक्का (भूमिका), कमल पौडेल, जीवन मुकारुङ, सुरेन्द्र थपलिया निर्विरोधरुपमा चयन भएका छन् ।

नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै संघको सँस्थापक अध्यक्ष एवम् प्रा.डा.कृष्णहरि बरालले थापाको अध्यक्षतामा निर्वाचित कार्यसमितिले गीतकारको हत हितमा राम्रो काम गर्ने विश्वास व्यक्त गरे । संघका पूर्व अध्यक्षमा चूडामणी देवकोटा र निर्वातमान अध्यक्ष शुभ मुकारुङले पनि नयाँ कार्यसमितिलाई बधाई दिंदै संघबाट आगामी दिनमा यो क्षेत्रको लागि अझ धेरै योगदान पुग्ने बताए । ५५९ जना सदस्य रहेको संघको अधिवशेनमा करिब १०० जना सदस्यहरु मात्र उपस्थित भएका थिए । संघका सल्लाहकार तथा अग्रज गीतकार राजेन्द्र थापाले सदस्य भएर पनि अधिवेशनमा गीतकारहरु नआएकोमा दुःख व्यक्त गरे । गीतकारहरुको हक हितका लागि सदस्यहरु पनि त्यत्तिकै सक्रिय हुनुपर्नेमा उनले कार्यक्रममा जोड दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट