चलिरहेको स्कुटीमा चुम्बन गरेपछि…

रंग नेपाल २०७९ माघ ४ मा प्रकाशित

काठमाडौं । भारतको लखनउको हजरतगञ्जको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा एक जोडी चलिरहेको स्कुटीमा एकअर्कालाई चुम्बन गरिरहेको देखिन्छ ।

युवती पछाडि फर्केर युवकको काखमा बसेकी छिन् । भिडियो भाइरल भएको केहि घण्टामै प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

अश्लीलता फैलाएको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सडकमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा प्रहरीले स्कुटीको नम्बर पत्ता लगाएको र युवकलाई पक्राउ गरेको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट