फिल्म ‘जीवनसाथी’ शुक्रबार रिलिज हुने

रंग नेपाल २०७९ माघ ९ मा प्रकाशित

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबार अर्थात माघ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

दीपक तामाङ लामा निर्देशित फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिशन बस्नेत, सानिया खानलगायतको अभिनय छ ।

प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज र सिन्का फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्मको मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुनेछ । फिल्मको वितरक आरआर फिल्मस् हो ।

धेरै पढिएका

पछिल्ला अपडेट