काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को पाँचौं सिजनको डिजिटल अडिसन खुला गरिएको छ । निर्देशक सिमोस सुनुवारका अनुसार देशविदेशमा रहेका नेपालीहरुले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
इच्छुक प्रतियोगीहरुले ‘हिमालय रोडिज’को एपसँगै भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत पनि अडिसन दिनसक्ने उनले बताए ।
‘जर्नी टु एक्सट्रिम’ थिम रहेको पाँचौं सिजनको प्रोमोसहित होस्टसमेत सार्वजनिक गरिएको छ । नयाँ सिजनको होस्टमा चर्चित टेलिभिजन पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरी रहनेछन् ।