काठमाडौं । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालको आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक भएको छ ।
लक्ष्मी हमालको शब्द ,संगीत र राहुल प्रधानको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो ।
पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाई सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीत संगीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने काम गरिनु पर्छ भनेर ‘सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ’ भन्ने मूल भाव बोकेको गीत ल्याएको गायक श्रेष्ठले जानकारी दिए ।
बेरोजगारी लगायत समस्याले गाँजेको नेपाली युवापुस्ता विभिन्न खाले वितृष्णाको सिकार बनिरहेको र मुलुकमा त्यस्तै खाले घटनाक्रम भइरहँदा यो गीतले मरिलानु के छ र ? रमाइलो साथ माया, प्रेम र सद्भावले जीवन जीऔँ भन्ने भाव बोकेको गीतको शब्द, संगीत तथा फिमेल गायन गरेकी लक्ष्मीले बताइन् ।
गीतमा रहेको र्याप पार्टको फिचरिंङ प्रिन्स राजले गरेका छन् । नयाँ पुस्तालाई नै लक्षित गरेर बनाइएको म्युजिक भिडियो निर्देशन पनि गायक सपन श्रेष्ठले नै गरेका हुन् । उनको यो डेब्यू म्युजिक भिडियो निर्देशन हो ।
प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।