सांसद अरुणकुमार चौधरी पक्राउ

रंग नेपाल २०७९ माघ १९ मा प्रकाशित

काठमाडौं । सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

प्रहरीको फरार सूचीमा रहेका सांसद चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो । उनी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

उनीमाथि ट्याक्टरमा आगो लगाएको आरोप छ । जिल्ला अदालत कैलालीले २०७० साल बैशाख ९ गते उनलाई दोषी ठहर गर्दै ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना भराउन आदेश दिएको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।

ट्याक्टरधनी मोतिपुरका महादेव बजगाईँको आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी बलिया गाविस–३ का पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरी गरी ३ जना विरुद्ध मुद्दा दायर गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट