जीतु र साम्राज्ञीको चलचित्र ‘ह्यारी कि प्यारी’ आजबाट प्रदर्शन

रंग नेपाल २०७९ माघ २० मा प्रकाशित

काठमाडौं । हाँस्य कलाकार जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘ह्यारी कि प्यारी’ आजबाट प्रदर्शनमा आएको छ ।

डा कपिल रिजालको डेब्यू निर्देशन रहेको चलचित्रमा जीतु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ ।

चलचित्रमा डा भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

गएको मंगलबार साँझ काठमाडौंमा ह्यारी कि प्यारीको प्रिमियर गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट